You are viewing the translated version of (दफा ११ र १२ सँग सम्बन्धित) प्रदेश प्रमुखले पाउने दैनिक भत्ता तथा बीमाको सुविधा.
अनुसूची –२
(दफा ११ र १२ सँग सम्बन्धित)
प्रदेश प्रमुखले पाउने दैनिक भत्ता तथा बीमाको सुविधा
क्र. सं. विवरण प्रति दिन पाउने रकम
१. स्वदेशमा भ्रमण गर्दा पाउने दैनिक भत्ता दर रु. ३,०००।-
२. विदेशमा भ्रमण गर्दा पाउने दैनिक भत्ता दर २५०।- अमेरिकी डलर
३. बीमा रु. १५,००,०००।-
द्रष्टव्यः
१. युरोपियन मुलुकहरु, अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हङ्गकङ्ग, रुस, कतार, जाम्बिया, यू. ए. ई., सिङ्गापुर, लेवनान, बहराइनको भ्रमण गर्दा माथि उल्लिखित दरमा तेत्तीस प्रतिशत थप रकम दिइनेछ ।
२. भारतको चेन्नाइ, हैदरावाद, बैङ्गलोर, मुम्बई, दिल्ली, कोलकाता, बङ्गलादेशको ढाका र चटगाउँ बाहेक अन्य स्थानमा रात बिताउनु पर्दा माथि उल्लिखित दरको पचास प्रतिशत रकम मात्र दिइनेछ ।